ओलीले भने, ‘आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’

ओलीले भने, ‘आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’


प्रधानमन्त्री केपी ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन्।

माधव नेपाल पक्षलाई इंगित गर्दै ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने सामाजिक संजालमार्फत राखेका हुन्।

प्रतिनिधिसभामा विश्वासको मत लिन केहि घन्टा बाँकी रहेको हुँदा, कसैसँग केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं भन्दै वार्ताको बाटो कोरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन् :

नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। 
तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।

Logo