सर्वोच्चले दर्ता गरेन युवराजको मुद्दा

सर्वोच्चले दर्ता गरेन युवराजको मुद्दा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दा दर्ता नगर्ने भएको छ।

शुक्रबार सर्वोच्चका रजिष्ट्रार बिमल पौडेलबाट भएको आदेशले लामिछानेविरूद्ध सिन्धुलीका युवराज पौडेल सफलले दायर गरेको मुद्दा दर्ता नगर्ने भएको हो।

रजिष्ट्रार पौडेलबाट जारी भएको आदेशमा भनिएको छ, ‘यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत आउँदा निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो प्रस्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन यस लगायत सहकारी ऐन, २०७४ को दफा १२२ मा सहकारी सम्बन्धी कसूर तथा दफा १२४ मा १२२ मा उल्लेखित कसूरहरुको सजाय र दफा १३१ मा ” दफा १२४ वमोजिमको सजाय हुने कसूर सम्बन्धी मुद्दाको कारवाही र किनारा सम्बन्धित जिल्ला अदालतबाट हुनेछ” भनि व्यवस्था गरेको देखिँदा रिट निवेदकको मागका सम्बन्धमा साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने नै हुँदा यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन।’

सफलले दोहोरो राहदानी, सहकारी ठगी, झुठो विवरण पेश गरि कम्पनीको शेयर लगत निकालेको, सोही झुटो शेयर लगत पेशगरी कम्पनी खरिद बिक्री गरेको र सम्पत्ती शुद्धीकरण विभागबाट मुद्दासमेत झेली रहेका लामिछाने कानूनीरुपमा, नैतिक रुपमा र राजनीतिक रुपमा सार्वजनिक पदमा बस्न नमिल्ने भन्दै मुद्दामा उल्लेख गरेका थिए।

सफलले यस अगाडि पनि सर्वोच्चमा रिट दायर गर्दै दोहोरो राहदानी प्रकरणमा लामिछानेको गृहमन्त्री पदसँगै सांसदको पदपनि खारेज गरेका थिए।

Logo