थारु भाषाको म्युजिक भिडियो निर्देशनमा प्रदीपकुमार चौधरीको डेब्यू

थारु भाषाको म्युजिक भिडियो निर्देशनमा प्रदीपकुमार चौधरीको डेब्यू


काठमाडौं ।

नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरीले थारु भाषाको म्युजिक भिडियो निर्देशनमा डेब्यू गरेका छन् ।पीकेडनका नामले चिनिएका उनले थारु भाषाको ‘घुइम् घुइमके ताकेबालीके, पछा पछा ज्याम लागैये’ बोलको म्युजिक भिडिओमार्फत निर्देशनमा डेब्यू गरेका हुन्।

सो भिडिओ सुनसरी र सप्तरीका विभिन्न क्षेत्रमा छायांकन गरिएको छ। थारु भाषाको चर्चित गायिका अन्‍नु चौधरी र गायक मनोज महतोको स्वर रहेको सो गीतमा शब्द सृजना निर्देशक प्रदीपकै रहेको छ।

सुदीप खतिवडाले संगीत भरेका छन् भने गायक विजय चौधरीले संगीत संयोजन गरेका छन्। उक्त गीतको भिडिओलमा थारु मोडल देविन चौधरी र एण्डिशा चौधरीले अभिनय गरेका छन् भने आकृति चौधरीले यसैगीत मार्फत डेब्यू गरकी छिन् ।

यस्तै गीतमा श्रवन कुमार चौधरीको छायांकन र रजनीश चौधरीको कोरियोग्राफी रहेको छ। पछिल्लो समय निर्देशक प्रदीप चौधरी मण्डला थिएटरमा रहेर ‘काला पत्थरमाथि’, मशानटार, महाभोज, झिम्‍के मामा लगायतका दर्जनौ नाटकहरु निर्देशन गरिसकेका छन् ।

 

Logo