चितवनमा उपचारका क्रममा थप दुई सङ्क्रमितको मृत्यु

चितवनमा उपचारका क्रममा थप दुई सङ्क्रमितको मृत्यु


काठमाडौं ।

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा गए राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए।

यस्तै सोही अस्पतालमा उपचारका क्रममा एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ३५ वर्षिया महिला रहेकी छिन् ।

श्वासप्रश्वासको समस्याका कारण असोज २१ गते अस्पताल भर्ना भएकी उनमा २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको सोमबार दिउसो चार बजे कोभिड सघन उपचार कक्षको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लम्सालले जानकारी दिए ।

Logo