२० मंसिर २०७८ सोमबार

0 Shares

छानविन समितिले आज प्रतिवेदन बुझाउने : निर्मला पन्त प्रकरण

कञ्चनपुर
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको छानविन गरेको समितिले मंगलबार ( आज ) प्रतिवेदन बुझाउने भएको छ । सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा रहेको छानविन समितिले आज प्रतिवेदन बुझाउन लागेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो ।

अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानविन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन बुझाउने तयारी गरे पनि सार्वजनिक बिदा परेकाले मंगलबार प्रतिवेदन बुझाउने बताइएको छ । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: ९ असोज २०७५ ०६:२० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी