‘प्रधानमन्त्रीकै संरक्षणमा ठूला भ्रष्टाचार भए’ : खेमराज रेग्मी (भिडियाेसहित)

‘प्रधानमन्त्रीकै संरक्षणमा ठूला भ्रष्टाचार भए’ : खेमराज रेग्मी (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ ।

खुद्रे मुद्धाहरु बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रणको डंका पिटेपनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचारका काण्डहरु घटेको ट्रान्सपरेन्सी ईन्टरनेशनलको आरोप छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी ईन्टरनेशनलले यस्तो आरोप लगाएको हो ।

ट्रान्सपरेन्सी ईन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरु संरक्षित भएको बताउनुभयो । बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने उनको भनाई छ ।

 

Skip This
Skip This
Logo