काठमाडौं उपत्यकामा रात भरि झरि, अझै केहि दिन रहने

काठमाडौं उपत्यकामा रात भरि झरि, अझै केहि दिन रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा रातिदेखि भएको वर्षा विहान पनि निरन्तर छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार यसरी वर्षा हुने क्रम आज दिनभरि रहने सम्भावना छ। वर्षा सँगै नदीहरुमा बाढीको सम्भावना रहने हुँदा सर्तक रहन महाशाखाले भनेको छ ।

यतिबेला बागमती प्रदेश अन्तर्गत काठमाडौं लगायत पहाडी जिल्लाहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। उता प्रदेश नं.१, २ र ५ नं. का तराई क्षेत्रमा पनि वर्षा भइरहेको छ ।

आज दिउसो पनि यी क्षेत्रहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिममा भने पानी पर्ने सम्भावना कम छ ।

Logo