सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपामा एक वर्षदेखि हुँदै आएको नेताहरुबीचको झगडा मिलाउने गरी शुक्रबार स्थायी कमिटिले केही प्रस्ताव पारित गर्यो । ती प्रस्तावमा विशेष गरी अध्यक्ष केपी शर्ओमा ली र प्रचण्डबीचको पदीय भागबन्डा मिलाउने मात्र मुख्य कुरा छ ।
त्यस बाहेक अन्य कुराहरु सैद्धान्तिक खालका छन् । महाधिवेशन गर्ने, सरकार सञ्चालन मिलेर गर्ने, पार्टी एकताका काम पुरा गर्ने, कोरोनाविरुद्ध लड्ने, सिमा समस्याको वार्ताबाट समाधान गर्ने, एमसिसी परिमाजर्न सहित पास गर्ने लगायतका बिषयहरु सैद्धान्तिक खालका छन् ।
यति लामो विवादबाट अहिले कसलाई के फाइदा भयो भन्ने हिसाब किताब चलिरहेको छ । यो हिसाब किताबमा ओली र दाहाल फाइदामा छन् । यो प्रकरणमा माधव नेपाल एक्लिएका छन् ।
सुरुमा विवादको सुरुवात ओलीको कार्यशैलीमाथि केन्द्रित थियो । पछि बढ्दै गएर विवादको रुपमा ओलीले दुबै पद छोड्नुपर्ने तर्फ मोडियो । यो कामको मुल नेतृत्व नेपालले गरे । माधव नेपालले पहिले देखिन नै राख्दै आएको असन्तुष्टीमा पछि अध्यक्ष दाहाल मिसिए । दाहाल र नेपाल मिलेर ओलीलाई हटाउन खोजे ।
यसका लागि पार्टीका स्थायी कमिटिका ३२ जना नेताहरुले गुट भेला गरेका थिए । यस्ता भेलाबाट ओली हल्लिएनन् । बरु ओलीले सक्ने भए कारवाही गर भनेर सबैलाई च्यालेन्ज गरे । पार्टी नै फुट्ने सम्मको ओलीले तयारी गरेपछि नेपाल र दाहाल केही पछि हटेर ओलीले एक पद त्यो पनि प्रधानमन्त्रीबाट मात्र राजीनामा दिए हुने सम्मको कुरा गरे । तर पनि ओलीले अध्यक्ष र प्रधानमन्त्री कुनै पदबाट कसैले भनेको भरमा राजीनामा नदिने भन्दै बसिरहे । विवाद लामो भएपछि ओली कार्यदल बनाएर विवाद समाधान गर्ने प्रस्ताव बनाइयो । यही प्रस्ताव ओली र दाहालकै केन्द्रित गरेर ल्यायो । त्यसमा माधव नेपाललाई साथ दिंदै आएका नेताहरुले नै कार्यदलमा सहयोग गरे ।
यी घटना क्रममा ओलीले जसरी पनि दुवै पदमा बस्न चाहेका थिए । त्यो चाहना यो बैठकपछि झन् बढी पुरा भएको छ । ओलीको कुनै पनि पद गएन । त्यति ठूलो घेराबन्दीबाट पनि ओलीका दुवै पद सुरक्षित रहे । दाहाल पार्टी भित्र असन्तुष्ट हुनुको मुख्य कारण पार्टी भित्रको कार्यकारी काम गर्न ओलीले दिएनन् भन्ने थियो ।
ओलीले अध्यक्ष दाहाललाई आफ्नो दोस्रो तहको अध्यक्ष भन्ने सम्मको कुरा गरेर करिब अपमान पनि गरेका थिए । त्यसैले दाहालको मुख्य चाहना जसरी पनि आफ्नो कार्यकारी अधिकार लिने भन्ने थियो । यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न समस्या भइरहेका दाहाललाई शुक्रबारबाट पुनः कार्यकारी अध्यक्षको अझै शक्तिशाली अधिकार प्राप्त भएको छ । त्यसैले शुक्रबारबाट सकिएको बैठकबाट दाहालको पनि केही गुमेन, बरु उनले चाहे जस्तै भयो ।
अब सुरुदेखि नै असन्तुष्ट रहेका माधव नेपाल भने अहिले पनि एक्लोमा परेका छन् ।
उनले पार्टी एकतापछि ओली र दाहाल मिल्दै गर्दादेखि पार्टी भित्र विधि पद्धतिको कुरा गरे । उनले एक व्यक्ति एक पद भनेर धेरैपटक पार्टीमा लिखित असहमति पेश गरे । अस्ती ओली विरुद्धको गठबन्धन गर्दा पनि नेपालले दाहालसंग विधि र पद्धति ओलीले मिलेकाले उनी विरुद्ध लाग्नुपर्ने भन्दै आएका थिए ।
तर उनले भनेको विधि पद्धतिको र एक व्यक्ति एक जिम्मेवारी शुक्रबारको बैठकले सम्बोधन गरेन । ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा रहने भए । त्यस्तै प्रदेशहरुमा प्रदेश इन्चार्ज र मुख्य मन्त्रीहरुहरु दोहोर पदमा छन् सरकारको समिक्षा गर्ने नियुक्ति लगायतका बिषयमा छलफल गर्ने भन्ने एजेण्डामा प्रवेश नै नगरी बैठक सकियो ।
नेपालले भन्दै आएका यी कुनै पनि बिषय नेकपा बैठकले सम्बोधन गरेन । यही कारण माधव नेपाल एक्लो जस्तो भएका छन् । त्यसैले उनले शुक्रबारको बैठकमा १७ बुदे आफ्ना मत लिखित रुपमा राखेका छन् । नेपालले आफ्नो १७ हुँदामा धेरैजसो विगतमा पार्टी पद्धति उलंघन गरेका बिषयहरु राखेका छन् ।
पार्टीका विधानका प्रावधानहरु सम्झाएका छन् । एक व्यक्ति एक पद भनेका छन् । बैठकमा नेपालले भनेको कुरामा उनको समूहका मुख्य नेताहरुले पनि उठाएका थिए । ओली र दाहाल पक्षका नेताहरुले चाही यो बिषयलाई छोएनन् ।
नेकपाभित्र अब फेरि ओली र दाहालको एउटा कित्ता र नेपालको अर्को कित्ता छुट्टिएको छ । अहिले पार्टी एक भएकाले यो बिषयलाई सबैले राम्रो मानेका छन् तर मतभेद पुरै भेटिएको छैन ।





























प्रतिक्रिया