औषधि व्यवस्था विभागको आग्रह- ‘यी ५ कम्पनीको सेनिटाइजर प्रयोग नगर्नु’

औषधि व्यवस्था विभागको आग्रह- ‘यी ५ कम्पनीको सेनिटाइजर प्रयोग नगर्नु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तपाई कुन सेनिटाइजर प्रयोग गर्नुहुन्छ ? सावधान !

औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकामा सञ्चालित ५ कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ । उक्त कम्पनीको सेनिटाइजरहरूमा विषाक्त रसायन (मेथानोल) प्रयोग गरेका पाइएको भन्दै विभागले प्रयोग नगर्न आग्रह गरेको हो ।

प्रतिबन्ध लगाएको सेनिटाइजरहरूमा भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रा.लि., आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रा.लि., सर्च केम कम हर्बल प्रोडक्ट र सुर्यमुखी हर्बल प्रोडक्टको उत्पादन रहेका छन् । नेपाल कायाकल्पले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर, हाइजिन सोपले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ओर्जिनल, आधार केमिकल्सले एडभान्स ह्यान्ड सेनिटाइजर, सर्च केमले इन्स्टान्ट ह्यान्ड सेनिटाइजर रिफ्रेसिङ जेल, सुर्यमुखीले सुर्यमुखी हुयान्ड सेनिटाइजर नामको ह्यान्ड सेनिटाइजर उत्पादन गर्दै आएको छ ।

यी कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड ‘इन्स्टान्ट ह्यान्ड सेनिटाइटर (अल्कोहल बेस्ड)’ सम्बन्धि स्तर २०७६ विपतरि विषाक्त रसायन (मिथानोल) समावेश भएको पुष्टि भएको थियो । जसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने विभागले जनाएको छ ।

Logo