अभिनेत्री रिया चक्रवर्ती हिरासतमै रहने, अदालतद्वारा जमानत अस्वीकार

अभिनेत्री रिया चक्रवर्ती हिरासतमै रहने, अदालतद्वारा जमानत अस्वीकार

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्ती हिरासतमै रहने भएका छन् ।

मुम्बईको स्पेसल अदालतले शुक्रबार उनीहरूको जमानत याचिकालाई खारेज गरेको हो। आज विशेष अदालतमा भएको सुनुवाइमा न्यायाधीश जीबी गुरावले आरोपितको जमानत याचिका खारेज गरेका हुन् ।

अभिनेत्री रिया र उनका भाइलाई २२ सेप्‍टेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको थियो । यसअघि मजिस्ट्रेट अदालतले उनीहरुको जमानत याचिका अस्वीकार गरेको थियो ।

रिया र सोबिक अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा ड्रग्स मामलामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) द्वारा पक्राउमा परेका हुन् ।  रियालाई नराकोटिक ड्रग्स र साइकोट्रोपिक सबस्टन्स (एनडीपीएस) ऐन अन्तर्गत गिरफ्तार गरेको हो ।

एनसीबीले सुशान्तले ड्रग्स सेवन गरेको जानकारी भएको भन्दै आफूलाई पनि उक्त अपराधमा सामेल गरेको दाबी गरेको थियो । रियाले आफ्नो जमानत आवेदनमा उनलाई आरोप लगाउन एनसीबीसँग कुनै प्रमाण नभएको उल्लेख गरेकी छिन् । तर, एनसीबीले भने सुशान्तलाई ड्रग्स किन्‍न रियाले पैसा तिर्ने गरेको बताएको छ ।

रियालाई नारकोटिक ड्रग्स र साइकोट्रपिक पदार्थ ऐनको धारा २७ (ए), २१, २२, २९ र २८ अन्तर्गत पक्राउ गरिएको हो । रिया र उनका भाइ सोविकका साथै उनीहरुका साथै सुशान्तका अपार्टमेन्ट म्यानेजर साम्युएल मिरान्डा, सुशान्तका घरका कामदार दीपेश सावन्त, अब्दुल वसितलाई पनि एनसीबीले पक्राउ गरेको हो ।

Logo