थुनुवा कक्षमा युवक मृत फेला, ‘आत्महत्या’ भनेर समाचार लेखेपछि कार्यालयमै गएर पत्रकारमाथि हातपात (भिडियो)

थुनुवा कक्षमा युवक मृत फेला, ‘आत्महत्या’ भनेर समाचार लेखेपछि कार्यालयमै गएर पत्रकारमाथि हातपात (भिडियो)

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका १९ वर्षीय एक युवक मृत भेटिएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं १ का रोशन बिक थुनुवा कक्षको शौचालयमै मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले शौचालय भित्र उनी झुण्डिएको अवस्थामा फेला परेका बताए । उनी केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका थिए।

प्रहरीले उनले आत्महत्या गरेको बताएको छ भने पीडित परिवारका सदस्यहरुले आत्महत्या नभएको दावी गरेका छन् ।

यसैबीच आत्महत्या भन्ने समाचार प्रकाशन गरेको भन्दै स्थानीय युवाहरूले धनगढीस्थित दिनेश एफएममा आक्रमण गरेका छन्। एफएमको कार्यालयमा पुगेर युवाहरूले एफएमका सह–सम्पादक जनक विष्टमाथि हातपात गरेका छन् ।

Logo