काठमाडौं ।
काठमाडौं उपत्यका आउन र जान अब नयाँ नियम लागू हुने भएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आउन र काठमाडौंबाट बाहिर जानु परेमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्ने व्यवस्था गरिएको छ ।
अब काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले आफैं आएर तोकिएको ढाँचामा निवेदन दिनु पर्ने भएको छ ।
कामको आवश्यकता खुल्ने कागजात, जानु पर्ने जिल्ला, र उक्त जिल्ला प्रशासन कार्यालयबाट प्रवेशका लागि पाएको अनुमति पत्र पनि अनिवार्य गरिएको छ । पछिल्लो समयमा काठमाडौं उपत्यका लगायत देशभर संक्रमितको संख्या बढे पछि लगाइएको निषेधाज्ञा बुधबारदेखि हटाइएको छ । यससँगै उपत्यका प्रवेशमा नयाँ नियम लागू गरिएको हो ।






























प्रतिक्रिया