कोरोना: देशभरी १६२ जना आइसियुमा, २२ जना भेन्टिलेटरमा

कोरोना: देशभरी १६२ जना आइसियुमा, २२ जना भेन्टिलेटरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। नेपालमा कोरोना संक्रमितमध्ये देशभरी १ सय ६२ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २२ जना संक्रमितको  विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अहिलेसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन् भने ५ हजार ८० जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । यीमध्ये देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ ।

संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना उपचाररत रहेका छन्  । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन् ।

Logo