रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना रिहा

रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना रिहा

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

गत बिहीबार रातो मच्छिन्द्रनाथ रथयात्रा विवादमा समातिएका सात जना रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट तीन जना आइतबार रिहा भएका थिए ।

यस्तै भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथयात्रा झडपमा स्थानीयवासी र प्रहरीबीचको विवादमा पक्राउ परेका २० मध्ये बाँकी सोमबार रिहा भएको परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए। उनले भने, “हामीले रथयात्रामा झडप गर्ने सहभागी मध्येका कूल २० जनालाई समातेका थियौँ । तीन मध्ये १७ जनालाई मुद्दा चलाइएको छ । ती १७ मध्ये आज छोडिएका छ जनामा कोरोना पोजेटिभ र एक जनामा मानसिक समस्या देखिएकाले उपचारको प्राथमिकतामा राखेर हाजिरजमानीमा छाडेका हौं।” यसमा बाँकी अन्य १० भने हिरासतमै रहेको जनाइएको छ ।

रथयात्रामा पक्राउ परेका सबैलाई छाड्न अपिल गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुर घेराउसमेत गरेका थिए । प्रशासनले गत शनिबारदेखि आउँदो शुक्रबारसम्म यहाँका केही स्थानमा पाँचभन्दा बढी मानिस जम्मा हुन नपाउने विज्ञप्ति जारी गरेसँगै आज उक्त घेराउ गर्नेहरुलाई प्रहरीले हटाएको थियो ।

Logo