निषेधाज्ञाको १६ औं दिन यस्तो देखियो काठमाडौं (भिडियोसहित)

निषेधाज्ञाको १६ औं दिन यस्तो देखियो काठमाडौं (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको १६ दिन पुगेको छ । कोरोना संक्रमणको न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते यता निषेधाज्ञा जारी गरेका छन् । आज उपत्यकाका विभिन्न स्थानमा पुग्दा कतिपय ठाउँमा लकडाउनको पालना भएको पाइएको छ भने कतै चहलपहल देखिएको छ ।

मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतका सवारी साधन सञ्चालनमा आएको देखिन्छ । प्रहरीले सडकको मुख्य चोकचोकमा बसेर सवारी साधनको चेकजाँच गरेको छ । अत्यावश्यक सेवा बाहेक पनि सवारी सञ्चालन गर्नेहरुलाई सडकमा होल्ड गरी कारबाही गरेको देखिन्छ ।

उपत्यकाका भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । काठमाडौंमा आज बिहानको समयमा खाद्य सामग्री, दुग्धजन्य वस्तु, तरकारी, फलफूल लगायतका पसलहरु खुलेको देख्न सकिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्ने गरेका छन् । ललितपुरमा भने कर्फ्यु लगाएका कारण सडक सुनसान देखिएका छन् । समग्रमा जनजीवन प्रभावित भए पनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ ।

आज ललितपुरको रिङरोडभित्र भने कर्फ्यु आदेश जारी गरिएको छ । बिहिबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी भएसँगै ललितपुरका सडकहरु आज सुनसान देखिएका छन् ।

Skip This
Skip This
Logo