काठमाडौं ।
आज प्रदेश १ र गण्डकी प्रदेशको एक/ दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अरु ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ ।
आज दिउसो देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
राति पनि प्रदेश १ र गण्डकी प्रदेशको केही ठाउँबाहेक अरु ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । तत्काल देशका सबैजसो ठाउँमा ठूलो पानी वा झरी पर्ने सम्भावना छैन । भोलि र पर्सि पनि देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।





























प्रतिक्रिया