समाजसेवी कुँवर रक्तदान अभियानमा

समाजसेवी कुँवर रक्तदान अभियानमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

समाजसेवी तथा चक्रपथ सरसफाई अभियानका अभियान्ता ताराबहादुर कुँवर रक्तदान अभियानमा लागेका छन् ।

कोरोना संक्रमणका बेला रगतको अभाव नहोस् भन्ने उदेश्यले समाजसेवी कुँवरले रक्तदान अभियानको सुरुवात गरेको बताए । अहिले उनले एकदिन ‘रक्तदान जीवन दान’ भन्ने नारासहित रक्तदान कार्यक्रम संचालन गरेका छन् । समाजसेवी कुँवरले बुधवार राजधानीको सितापाइलामा गरेकोे रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।

कोरोनाको महामारी बढिरहेका बेला काठमाडौँको विभिन्न अस्पतालमा रगतको अभाव भइरहेको छ । त्यसैले कसैलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान अभियान सुरु गरेको उनले बताए । कुँवर नेपाल हेभिईक्युमेन्ट महासंघका अध्यक्ष समेत हुन् ।

यसअघि उनले लकडाउनका कारण मजदूर वर्गले खान नपाई संकट भोग्नु परेको भन्दै विभिन्न चरणमा राहत वितरण कार्यक्रम समेत संचालन गरेका थिए । लकडाउन भएपछि केही मजदूरहरु हिडेरै आफ्नो घरमा पुगे भने केही मजदूर अझै काठमाडौँमै छन् । काम पनि नहुने र पैसा पनि नहुँदा मजदूरहरु खानै नपाई मर्ने अवस्था नहोस् भन्ने उद्देश्यले सामाजिक अभियन्ता कुँवर ती असहायहरुको सहारा बनेका छन् ।

लकडाउन सुरु भए यता नै उनले असहाय मजदूर वर्गलाई राहत वितरण गर्दै आएका छन् । उनले अप्ठ्यारोमा परेका अशक्त, अपाङ्गता भएका नागरिक, सुत्केरी, एकल महिला, दृष्टिविहिन, वृद्धवृद्धा, मजदूर र विद्यार्थी लगायतलाई राहत वितरण गर्दै आइरहेका छन् । शुरुमा प्रत्येक परिवारलाई एक, एक बोरा चामल वितरण गरिएको थियो । पछि २ परिवारलाई एक बोराका दरले वितरण गरियो । लकडाउनले काठमाडौँ महानगरपालिका बाफल र त्यस आसपासका स्थानमा रहेका मजदूर, विद्यार्थी र असाहयहरुलाई राहत वितरण गर्दै आएका छन् ।

Logo