बढ्यो पेट्रोलको मूल्य

बढ्यो पेट्रोलको मूल्य

केन्द्रबिन्दु
0
Shares

पेट्रोलको मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

इण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको छ।

Logo