कोरोना संक्रमणपछि काठमाडौंका मेयर शाक्य होम आइसोलेशनमा

कोरोना संक्रमणपछि काठमाडौंका मेयर शाक्य होम आइसोलेशनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा सोमबार सङ्क्रमण पुष्टि भएको हो ।

हाल प्रमुख शाक्य कामपा वडा नं १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् । उनमा कोभिड –१९ का कुनै लक्षण नदेखिएको कामपा प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए ।

उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उनकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Skip This
Skip This
Logo