जसले आफ्नै शिशुलाई विष खुवाइन् अनि आफूले पनि खाइन्, शिशुको मृत्यु, आमा अस्पतालमा

जसले आफ्नै शिशुलाई विष खुवाइन् अनि आफूले पनि खाइन्, शिशुको मृत्यु, आमा अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

सुन्दा अनौठो र मर्मस्पर्शी तर तीतोसत्य।

एक आमा जसले आफ्नो सन्तानका लागि जे पनि गर्न तयार हुन्छिन् तर कञ्चनपुरमा एउटा यस्तो घटना घट्यो। जहाँ एक आमाले आफ्नो ८ महिने शिशुलाई विष खुवाइन् अनि आफूले पनि खाइन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको ज्यान गएको छ । स्थानिय २४ वर्षीया निर्मला रानाले आफुसंगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विष सेवन गराएपछि उपचारका क्रममा शुक्रबार बिहान शिशुको मृत्युु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले जनाएको छ ।

बिष सेवन गर्दा घाइते बनेकी निर्मलाको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo