नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरमा एक जनासहित पर्सा, बारा, कपिलवस्तु र कास्कीका रहेका छन् ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको आज मृत्यु भएको हो । गत भदौ ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यस्तै कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् । उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । संक्रमित महिलामा अन्य कुनै दीर्घ रोग पनि थिएन । यो सँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यसैगरी पर्साको वीरगन्जमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृतकमा वीरगञ्ज–१४ का ६२ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ४ बस्ने एक गर्भवती महिलाको पनि कोरोनाबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा २३ वर्षीय पुनम यादव रहेका छन् ।
यस्तै गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा एक जनाको बिहीबार बिहान मृत्यु भएको छ । यससँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।





























प्रतिक्रिया