फागुनदेखि रोकिएको एनओसी खुल्यो

फागुनदेखि रोकिएको एनओसी खुल्यो

केन्द्रबिन्दु
0
Shares

गत फागुनदेखि रोकिएको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) खुलेको छ। कोभिड १९ को संक्रमण त्रास बढेको भन्दै सरकारले एनओसी रोक्ने निर्णय गरेको थियो।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एनओसी अनिवार्य मानिन्छ। एनओसी रोकिंदा नेपालमै बसेर अनलाइन पढ्न चाहने तथा विदेशमा भिसाको म्याद थप्न खोज्ने विद्यार्थीलाई समस्या परेको थियो।

एनओसी खुल्ला गरिएपछि विद्यार्थीले तत्काल विदेश जान नपाए पनि भर्नाका लागि सिट सुरक्षित गर्न सक्छन् ।

Logo