सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कैलाली ।

कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका-११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिए । मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए ।

फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमित उपचारत रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।रासस

Logo