निषेधाज्ञाको छैठौं दिन: यस्तो देखियो काठमाडौं उपत्यका (भिडियो)

निषेधाज्ञाको छैठौं दिन: यस्तो देखियो काठमाडौं उपत्यका (भिडियो)

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि उपत्यकामा जारी भएको निषेधाज्ञाको छैठौं दिन पुगेको छ ।

संक्रमणको जोखिम बढ्दै गएपछि एक हप्ताकालागि जारी भएको निषेधाज्ञाको छैठौं दिन पनि सडक सुनसान देखिएका छन । अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन । एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन । मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्लीहरुमा भने फाटफुटरुपमा  पसलहरु खुला रहेका छन् ।

प्रशासनले औषधि र पानीबाहेकका पसलहरु बिहान ९ बजेसम्मका लागि मात्रै खोल्न दिएको छ । यसले गर्दा सडक बजार आज झनै सुनसान देखिएका छन् ।

 

काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनहु बढिरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको छ । यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

Logo