कोरोनाले काठमाडौंमा थप १ को मृत्यु 

कोरोनाले काठमाडौंमा थप १ को मृत्यु 

केन्द्रबिन्दु
0
Shares

कोरोनाले काठमाडौंमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु  भएको छ ।

काठमाडौं बलम्बुस्थित सशस्‍त्र प्रहरी अस्पतालमा उपचाररत काठमाडौं वसन्तपुरका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उनी मधुमेह र उच्च रक्तचापक बिरामी थिए ।

गत साउन ३१ गतेबाट अस्पतालको आईसीयूमा उपचाररत पुरुषको (आज) दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. प्रवीण नेपालले जानकारी दिए ।

योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ संक्रमित भेटिएका छन् । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएका छन् ।

Logo