चुनाव अघि माओवादी केन्द्रसँग एकता सम्भव छैन : माधव नेपाल

चुनाव अघि माओवादी केन्द्रसँग एकता सम्भव छैन : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताएका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भीक चरणको कुराकानी भएको बताए। उनले आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्ह (कलम ) बाट लड्ने बताए।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाइ छ।   उनले माओवादी केन्द्रसँग निर्वाचनअघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी गराए।

 

Skip This
Skip This
Logo