आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि विना सहमती टुंगिएको हो ।
कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक बुधबार अपरान्ह पाँच बजे बस्ने गरी सकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए ।
उनले २०७४ सालको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाई समेत आधार बनाएर सिट बाँडफाँड गर्ने विषयमा छलफल भईरहेको र भदौं ९ गते बिहीबार भित्र त्यसलाई टुंग्याउने गरी गठबन्धनमा आवद्ध दलका नेताहरुबीच छलफल भइरहेको बताए ।
सत्तारुढ दलहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि काँग्रेस नेता सिटौला नेतृत्वको कार्यदल बनाएका छन् । तर कार्य दलका संयोजक सिटौला विरामी भएका कारण मंगलबारको बैठकमा उपस्थित हुन सकेनन् ।





























प्रतिक्रिया