प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि भेटवार्ता भएको छ।
झण्डै डेढ घण्टा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट अध्यक्ष ओलीको साथमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।
सरकारले प्रतिपक्षी दललाई वेवास्ता गरेर पछिल्लो समय महत्वपूर्ण विधेयक अघि बढाइरहेको छ। सत्ता पक्ष र प्रतिपक्ष दलबीच राष्ट्रिय सहमति बन्नुपर्ने बिषयमा समेत बहुमतको आडमा सत्ता गठबन्धन चलिरहेको छ।
प्रधानमन्त्रीसँगको भेटमा ओलीले पछिल्लो समय बढेको मुल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाव समेत दिएका छन्।
पछिल्लो समय सरकारका कामप्रति एमाले असन्तुष्ट रहँदै आएको छ। अध्यक्ष ओलीले सरकारले संसदमा टेबुल गरेको प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक च्यात्नु पर्ने अवस्था नआओस भन्दै चेतावनी दिँदै आएका छन्।
ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाएका छन्।





























प्रतिक्रिया