काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनस्थापना गरिने बताएका छन् ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले नै केपी ओली बनाएको भएपनि उनी पार्टी सिध्याउनेतर्फ लागेको आरोप लगाए ।
उनले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको बताए । अध्यक्ष नेपालले अरु राजनीतिक दलहरुले फेरी केपी ओलीसँग मिल्ने हुन कि भन्ने आशंका गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्न अनुरोध समेत गरे । आफुहरुले मुल्य र विचारको राजनीति गरेपनि ओली कम्युनिष्ट आदर्शमा सर्मपित नभएको र सिद्दान्तनिष्ठ नभएको उनको भनाई छ ।
उनले प्रधानमन्त्री ओली हिटलरको बाटो हिडेको टिप्पणी गरे । ओली निर्वाचित व्यक्ति भएपनि संवैधानिक ‘कु’ गरेको उनको तर्क छ । नेपाली जनता ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उनले बताए ।





























प्रतिक्रिया