२० लाख भोट पायौँ भने २० सिटलाई कसैले रोक्न सक्दैन – माधव नेपाल

२० लाख भोट पायौँ भने २० सिटलाई कसैले रोक्न सक्दैन – माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताएका छन् । 

बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरेका हुन् । 

उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए । उनले आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 

‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन् । हामीले मूल्यांकन के गरेका छौँ भने २७ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख २७ हजार भोट पाएका छौँ । यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए १५ देखि २० लाख भोट हामीले पाउन सक्दथ्यौँ । १५ देखि २० लाख भोट हामीले पायौँ भने १५ देखि २० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’ उनले भने–‘ त्यस हुनाले आउने चुनावको सन्दर्भमा समानुपातिक मतको आधारमा पनि हाम्रो पार्टीले आफ्नो हैसियत देखाउन सक्दछ । पार्टीको प्रचार गर्ने अभियानमा, पार्टीको निर्वाचन चिन्हको प्रचार गर्ने काममा अनि मतदातालाई प्रशिक्षित गर्ने काममा जुट्नुपर्ने आवश्यकता छ । यो कुरालाई सबैले ध्यानमा राख्नुहोला ।’

अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन पनि निर्देशन दिए । त्यस्तै पार्टी संगठन र सदस्यहरुको अभिलेखिकरण गर्नुपर्नेमा उनले जोड दिए ।

Skip This
Skip This
Logo