प्रत्यक्षतर्फ २० वटा सिटमा जित्ने माधव नेपालको दाबी 

प्रत्यक्षतर्फ २० वटा सिटमा जित्ने माधव नेपालको दाबी 

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आगामी निर्वाचनमा प्रत्यक्षतर्फ २० सिट जित्ने दाबी गरेका छन्। 

बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताएका हुन्। 

‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटिहरू छन्। हामीले मूल्यांकन के गरेका छौँ भने २७ प्रतिशत उम्मेदवार खडा गर्दाखेरि हामीले ९ लाख २७ हजार भोट पाएका छौँ’ उनले भने, ‘यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए १५ देखि २० लाख भोट हामीले पाउन सक्दथ्यौँ। १५ देखि २० लाख भोट हामीले पायौँ भने १५ देखि २० वटा सिटलाई कसैले रोक्न सक्दैन।’

२७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाखभन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरे।

उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए। आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए। 

उनले भने, ‘आउने चुनावको सन्दर्भमा समानुपातिक मतको आधारमा पनि हाम्रो पार्टीले आफ्नो हैसियत देखाउन सक्दछ। त्यस हुनाले पार्टीको प्रचार गर्ने अभियानमा, पार्टीको निर्वाचन चिन्हको प्रचार गर्ने काममा अनि मतदातालाई प्रशिक्षित गर्ने काममा जुट्नुपर्ने आवश्यकता छ। यो कुरालाई सबैले ध्यानमा राख्नुहोला।’

सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र  गठनलाई चलायमान बनाउन निर्देशन दिए। पार्टी संगठन र  सदस्यहरुको अभिलेखिकरण गर्नुपर्नेमा उनले बताए। चुनावी अभियानमा जुट्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।

Skip This
Skip This
Logo