थप जनशक्तिसहित असोजबाट बजार अनुगमन हुने

थप जनशक्तिसहित असोजबाट बजार अनुगमन हुने

केन्द्रबिन्दु
0
Shares

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो सातावाट थप जनशक्तिसहित अनुगमन गर्ने भएको हो । विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।

उद्योग विणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रकम निकासाका लागि विभागले मन्त्रालयलाई ताकेता गरेको छ । अघिल्लो वर्ष पनि असोज पहिलो सातावाट सुरु भएको बजार अनुगमन गर्दा झन्डै ५ सय भन्दा बडी ब्यवसायिकफर्मबाट ३५ लाख रुपैयाँ जरिवाना असुल गरेको थियो । 

Logo