समानुपातिकतर्फको उम्मेदवारी दर्ता आजदेखि

समानुपातिकतर्फको उम्मेदवारी दर्ता आजदेखि

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आज र भोली दल दर्ता गराउन पाउने भएका छन् । 

निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो । आयोगको   कानुन  तथा  राजनीतिक दल  व्यवस्थापन  महाशाखाका  प्रमुख  यज्ञप्रसाद  भट्टराईले  शुक्रबारदेखि  आइतबारसम्म तीन दिन राजनीतिक दलको  निवेदन  दर्ता  गर्ने व्यवस्था गरेको बताए ।  

आयोगले गत  साउन २२  देखि  ३१  गते  सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए । दर्ता भएका दलमध्ये समानुपातिकतर्फ भाग  लिन  चाहने दलले  मुख्य  निर्वाचन अधिकृतको  कार्यालयमा निवेदन दिनुपर्नेछ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको  कार्यालय  आयोगमै स्थापना  भएको छ । प्रतिनिधिसभा  र  प्रदेश  सभा  सदस्यको समानुपातिकतर्फ भाग लिन मुख्य निर्वाचन अधिकृतकै कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ।
 

Logo