नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपालिका पुगेर वृक्षारोपण गरेका छन्। मेयर हर्क साम्पाङको निमन्त्रणामा शुक्रबार सर्दुखोला जलाधार क्षेत्रमा पुगेर अध्यक्ष प्रचण्डले वृक्षारोपण गरेका हुन् ।
त्यसक्रममा उनले मेयर साम्पाङबाट धेरै प्रेरणा लिन सकिने बताए । ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भिरतापूर्वक हेरेको छ । हामी कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नु भएको छ ।’ उनले भने, ‘उहाँबाट हाम्रा पार्टीका साथीहरूले प्रेरणा लिन सक्नुहुन्छ ।’
साथै अध्यक्ष प्रचण्डले जनतासँग सधैं जोडिएर काम गर्न पनि आग्रह गरेका छन् ।





























प्रतिक्रिया