कर्णालीमा माओवादीका सबै सांसद बन्ने भए मन्त्री

कर्णालीमा माओवादीका सबै सांसद बन्ने भए मन्त्री

केन्द्रबिन्दु
0
Shares

नेकपा  माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पुर्‍याउने भएको छ । कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ ।

माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारीमा रहेको पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् । 

पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा सहभागी हुन बाँकी रहेका दुई जना सांसदलाई मन्त्री बनाइनेछ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन्। तिमध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन्। बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको हो।

Logo