ओलीको प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने

ओलीको प्रतिवेदनमाथि ९ वटा समूहमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाएको छ ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

त्यसबारे छलफल गर्न सात प्रदेश, जनसंगठन र प्रवास तथा केन्द्रीय विभाग गरेर ९ वटा समूह बनेको छ । यो समूहमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी चुनावमा पार्टीलाई कसरी पहिलो पार्टी बनाउने भनेर छलफल गर्ने छ । र, शनिबार बिहान १० बजे बस्ने बैठकमा पेश हुनेछ ।

Skip This
Skip This
Logo