एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि छलफल आज

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि छलफल आज

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ । 

एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे केन्द्रीय कमिटी बैठक बस्दै छ ।आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै छ । आजको बैठकमा नौ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

समूहगत छलफलपछि केन्द्रीय सदस्यले उठाएका प्रश्नको अध्यक्ष ओलीले आजै जवाफ दिने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन पारित भएसँगै केन्द्रीय कमिटी बैठक सम्पन्न हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक शुक्रबार शुरु भएको थियो। पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यससँगै केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनको तयारी तथा रणनीतिका विषयमा पनि आवश्यक निर्णय गर्ने जनाइएको छ ।

Logo