प्रधानमन्त्री देउवा आज बुटवल जाँदै

प्रधानमन्त्री देउवा आज बुटवल जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा आज बुटवल जाँदै छन् ।

देउवा रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं.१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न बुटवल जाने भएका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो । थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको बताइएको छ ।

बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सीट क्षमताको छ ।

Skip This
Skip This
Logo