हामी राजनीति सिक्दै गरौंला, अब ‘बा’हरुलाई विदा गर्नुपर्छ -रवि लामिछाने

हामी राजनीति सिक्दै गरौंला, अब ‘बा’हरुलाई विदा गर्नुपर्छ -रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आसन्न निर्वाचनमा पुराना पार्टीहरुलाई जिताउन नहुने बताएका छन् ।

शनिबार काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले  पछाडि ‘बा’ भएका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्मानका साथ अब विदा गर्नुपर्ने टिप्पणी गरेका हुन् । ‘यसपटक पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ । पुराना पार्टीहरुलाई जिताउन हुँदैन ।’ उनले भने । 

आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने, ‘हामी राजनीति सिक्दै गरौंला । पानी परेको बेला सडक पिच भइरहेको हुन्छ । त्यसो गर्नुहुँदैन भन्नका लागि राजनीतिक सिक्नु पर्दैन ।’ 
 

 

Skip This
Skip This
Logo