वर्तमान सरकार कर्मचारीमैत्री -मन्त्री भुसाल

वर्तमान सरकार कर्मचारीमैत्री -मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छन्। 

राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी संगठनको राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड–१९ ले अर्थतन्त्रमा पुर्‍याएको असर र रुस–युक्रेन युद्धका बावजुद पनि कर्मचारीको तलब बृद्धि गरेका हौं।’ 

कर्मचारीले पनि राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्तव्यनिष्ट भएर लाग्न उनले निर्देशन दिइन्।

कोभिड–१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वाथ्यकर्मीहरूले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भनिन्, ‘यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन हुनुभएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।’

Logo