नागरिकता विधेयकबारे लोसपासँग राष्ट्रपति भण्डारीको छलफल

नागरिकता विधेयकबारे लोसपासँग राष्ट्रपति भण्डारीको छलफल

केन्द्रबिन्दु
0
Shares

नागरिकता विधेयकबारे राष्ट्रपति विद्या भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) सँग छलफल गरेकी छन्।

शनिबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू अनिल झा, जितेन्द्र सोनाल लगायत शितल निवास पुगेका थिए।

भेटमा आफुहरूले नागरिकता समस्या राष्ट्रिय समस्या भएको र राज्यबिहीनताको अवस्थामा नागरिकलाई राख्न नहुने बताएको लोसपा नेता जितेन्द्र सोनालले बताए।

राष्ट्रपति भण्डारी विधेयकलाई अघि बढाउने विषयमा सकारात्मक रहेको उनले बताए।

‘राज्यबिहीनताको अवस्था धेरै खतरनाक हो यसमा राष्ट्रपतिको दृष्टिकोण जानुपर्छ भनेर भनेका छौं। उहाँ सकारात्मक देखिनुभएको छ,’ उनले भने, ‘उहाँले नागरिकता समस्याको स्थायी समाधान हुनपर्छ भनेर भन्नुभयो।’

उनले थपे,‘पहिला राष्ट्रपतिबाटै जारी भएको अध्यादेश हो भनेर हामीले भन्यौं। नागरिकताको विषयमा संविधानमै धेरै त्रुटी भएका छन् भन्ने हाम्रो भनाइ हो।’

Logo