पूर्व सभामुख दमननाथ ढुङ्गानाले स्वर्गीय प्रदीप गिरिलाई अहिले सबैले वास्तविक प्रदीप गिरि खोजिरहेको भन्दै स्मरण गरेका छन् ।
बुधवार स्वर्गीय गिरिको स्मृति सभामा बोल्दै पूर्वसभामुख ढुङ्गानाले गिरीको भौतिक शरीर नभए पनि विचार छोडेर गएको भन्दै सम्झिए ।
उनले गिरिले स्वतन्त्रताको लागि निरन्तर लडेको बताए । प्रदीप गिरि एउटा पार्टी, देशमा अटाउने मान्छे नभएको भन्दै गिरी विचारको भने धनी भएको उनको भनाइ छ ।
त्यस्तै मानव अधिकारवादी कपिल श्रेष्ठले प्रदीप गिरिको मृत्युले बौद्धिक, सौदान्तिक र राजनीतिक चिन्तलशील जगतले शुन्यता महशुस गरेको बताए ।
उनले नेपालमा बौद्धिक चिन्तन गर्ने मानिसहरुको सधैँ खडेरी रहेको उल्लेख गरे । श्रेष्ठले गिरि अरु राजनीतियज्ञ भन्दा फरक जीवन शैलीमा रमाउने नेता भएको बताएको बताए ।
त्यस्तै नेकपा एमालेका नेता रघुजी पन्तले गिरिलाई २०४६ सालतिर एक थरी काँग्रेसले काँग्रेस भनेर नै मान्ने नगरेको स्मरण गरे ।
उनले गिरि लेलिनलाई मन पराउने मान्छे भएको बताए । उनले स्व. गिरि नयाँ नेता भन्दा फरक व्यवहार र शैलीको नेता रहेको बताए ।





























प्रतिक्रिया