सत्ता गठबन्धनको बैठक सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बसीरहेको छ ।
नेताहरूले आ-आफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक-पटक निष्कर्षविहीन बन्दै आएको छ । बुधबार साँझ बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो । नेताहरुले अहिले बसिरहेको बैठक भने निर्णायक हुने बताएका छन् ।
आगामि प्रदश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन प्रमुख घटक दल नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ।
कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने चेतावनी दिइसकेका छन् ।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका थिए । यस्तोमा गठबन्धन दललाई सिट बाँडफाँट सहज नहुने देखिएको ।































प्रतिक्रिया