चुनाव लड्न मधेस प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले दिए राजीनामा

चुनाव लड्न मधेस प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेशका मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। शनिबार झाले मुख्यमन्त्री लालबाबू राउतलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिएका हुन्।

झा महोत्तरी क्षेत्र नं‍. ३ बाट जनता समाजवादी पार्टीबाट उम्मेदवार बन्ने लागेका हुन्। यस क्षेत्रबाट २०७४ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए।

Logo