काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७७ वटै जिल्लामा कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले त्यस्तो माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ–‘पीसीआर परिक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पु¥याउन माग गर्दछु ।’ साथै, कोरोनाका विरामीलाई उपचार गर्ने अस्पताल तथा आइसोलेसन व्यवस्थित बनाउन पनि सभापति देउवाले माग गरेका छन् ।
पूरा विज्ञप्तिः































प्रतिक्रिया