आरजु राणा बाग्लुङ -२ बाट पनि सिफारिस

आरजु राणा बाग्लुङ -२ बाट पनि सिफारिस

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस बाग्लुङले उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ ।

शनिबार सम्पन्न बाग्लुङ क्षेत्र नम्बर २ को नेपाली कांग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो ।

कांग्रेसबाट बाग्लुङ क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा उम्मेदवारमा गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, महाधिवेशन प्रतिनिधिहरू टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधानसभा सदस्य नरबहादुर पुन निरज, पूर्वमहासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरू तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको छ ।

Skip This
Skip This
Logo