‘जबराको बयान गठबन्धनको घिनलाग्दो नौटङ्कीको नयाँ च्याप्टर’ -ईश्वर पोखरेल

‘जबराको बयान गठबन्धनको घिनलाग्दो नौटङ्कीको नयाँ च्याप्टर’ -ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले निर्वाचनमा वर्तमान सत्ता गठबन्धनका कुनैपनि दलहरुसँग गठबन्धन नगर्ने बताएका छन् । 

मंगलवार नयाँ वानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रिय तहको गठबन्धन एमालेले नगर्ने  स्पष्ट पारे । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग राजनीतिक सहकार्य हुनसक्ने बताए । उनले स्थानीय आवश्यकताको आधारमा एमालेले वि.सं. २०४८ सालदेखि तालमेल गर्दै आएको बताए । उनले २०४८ सालमा नेपाली काँग्रेससँग समेत तालमेल गर्न खुला गरेको तर काँग्रेसले जहाँ निर्वाचन लडेपनि जित्ने जवाफ पाएको स्मरण गरे । 

‘नेकपा एमालेले कुनैपनि केन्द्रिय तहको गठबन्धन गर्दैनौं । अहिले जसरी सत्तागठबन्धन भएको छ । यो निर्वाचनमा वर्तमान गठबन्धन रहेसम्म गठबन्धनका पुजारीहरुसँग एमालेको कुनै तालमेल हुँदैन ।  तर तालमेलको कुरामा स्थानीय आवश्यकता अनुसार विभिन्न ठाउँहरुमा हुनसक्छ । जहाँ पोलटिकल पोलाईजेसन हुनसक्छ । प्रगतिशिल विचारधारा बोक्ने,राष्ट्रियताको पक्षघरहरुसँग तामेलको नयाँ सम्भावना छ ।’ उनले भने, ‘आज मात्रै नभएर विगत २०४८ सालदेखि नै आवश्यकताको आधारमा तालमेल गर्ने गरेका छौं । २०४८ सालमा एमालेले नेपाली काँग्रेससँग समेत तालमेल गर्न प्रश्ताव गरेको थियो । तर काँग्रेसले नर्क र स्वर्गमा चुनाव लडे पनि जित्छ भन्ने जवाफ पाएका थियौं ।’

साथै उनले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको बयानप्रति अहिलेको सत्ता गठबन्धनको घिन लाग्दो नौटङ्कीको नयाँ च्याप्टर प्रदर्शन भएको टिप्प्णी गरेका छन् । प्रधानन्यायाधीशको विषयमा महाअभियोगका विषयमा बहुमतको आडमा ६ महिनापछि झारो टार्ने काम गरिरहेको उनको आरोप छ । 

‘प्रधानन्यायाधीशको विषयमा महाअभियोग लगाएपछि सरकारले नियम अनुसार प्रक्रिया अगाडि बढाउनु पर्ने थियो । तर सरकारले बहुमतको आडमा त्यो काम गरेन । अहिले प्रधानन्यायाधीशको विषयमा काम भइरहेको छ त्यो झारा टार्ने काम गरिएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर ६ महिनासम्म प्रक्रिया अगाडि नबढाउनु गठबन्धनका धेरै अपराधमध्येको यो पनि एउटा हो ।’ उनले भने । 

Logo