बालुवाटारमा सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल भइरहेको छ ।
बिहान ९ बजेदेखि सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक जारी रहेको छ । बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेका थिए । विवादित क्षेत्र प्रधानमन्त्रीसहित पाँच दलीय शीर्ष नेताले टुंग्याउने तयारी पनि छ।
दलहरूले आफूले दाबी गरेका क्षेत्रमा गत चुनावहरूमा प्राप्त मतलगायतबारे विश्लेषणसहित क्षेत्रगत छलफल पनि गरेका छन् । समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची असोज १ मा बुझाउनुपर्ने भएकोले त्यसअघि नै प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउने गरी तयारी छ । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भने असोज २३ मा हुने आयोगको कार्यतालिका छ ।





























प्रतिक्रिया