पशुपति क्षेत्रका अव्यवस्थित संरचना महानगरले शनिबारदेखि हटाउने

पशुपति क्षेत्रका अव्यवस्थित संरचना महानगरले शनिबारदेखि हटाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका अवैध संरचना शनिबारदेखि हटाउने भएको छ । 

महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन थालेको छ । वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर रहेका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे । पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरुपमा उत्रिनु परेको उनको भनाइ थियो ।

महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षको यसमा साथ समर्थन रहेको सङ्गतले सुनाए । पाशुपत क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गरे भोलिदेखि महानगरले सामान उठाएर लानेसमेत सङ्गतले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकोले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

Logo