काठमाडौं महानगरपालिका अहिले अनाधिकृत संरचना भत्काउने अभियानमा लागेको छ ।
महानगरका मेयर बालेन्द्र साह (बालेन) विभिन्न ठाउँमा पुगेर अनाधिकृत संरचना भत्काउन थालेका छन् भने कतिपय ठाउँमा निश्चित समयमा अल्टिमेटम दिएर फर्किने गरेका छन् । पार्किङका लागि बनेको भवनको अण्डरग्राउण्डमा व्यापारीक प्रयोजनका लागि राखेका पसलहरु उनले भत्काउन पनि शुरु गरेका छन् ।
काठमाडौं महानगरको ट्राफिकको समस्यालाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ मेयर बालेन आफै फिल्डमा उत्रिएका छन् । उनको यो कदमलाई धेरैले समर्थन गरिरहेका छन् भने कतिपयले बिरोध पनि गरेका छन् । यसबारे के भन्छन् त आम सर्वसाधारण ? भिडियोमा हेर्नुहोस् ।































प्रतिक्रिया